site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मैले बजारबाट योग्य मान्छे छानेँ, कुलमान हटाएर सरकारले ठूलो गल्ती गर्‍यो : जनार्दन शर्मा
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर सरकारले ठूलो गल्ती गरेको बताएका छन् ।

मंगलबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा पूर्वऊर्जामन्त्रीसमेत रहेका शर्माले आफूले योग्य मान्छे छानेर प्राधिकरणको नेतृत्वमा पठाएको पनि बताए ।

सरकारले घिसिङलाई हटाउने निर्णय नसच्याए पश्चाताप हुने उनको भनाइ छ । "विद्युत् प्राधिकरणको एमडीले काम गर्न नसकेको आरोप रहेछ । यो कुरा कसैले पत्याउँदैन । सरकारलाई अनुरोध गर्न चाहन्छु, यो निर्णय सच्याओस् । मैले बजारबाट योग्यतम मान्छे छानेर बनाएँ । सरकारले ठूलो गल्ती गर्‍यो । भोलि पश्चाताप हुनेछ ।"

०७३ भदौमा तत्कालीन ऊर्जामन्त्री हुँदा शर्माले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro