site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किन भेटे प्रतिपक्षी दलका नेताले राष्ट्रपति ? 

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा पुगेर प्रचण्डले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् । 

राष्ट्रपतिको सचिवालयले नियमित भेटका रूपमा प्रचण्डले भेटेको जनाएको छ । प्रचण्डको सचिवालयले भने संक्रमणकालीन न्याय र विकसित राजनीतिक घटनाक्रममा प्रतिपक्षी दृष्टिकोण राख्न भेटवार्ता गरेको जनाएको छ ।
 
“राष्ट्रपति देशकै अविभावक हो । पछिल्लो समय अलिकति ग्याप भएको थियो, त्यसैले पनि भेट गर्न जानुभएको हो,” प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले बाह्रखरीसँग भने, “भेटमा पछिल्लो समय विकसित घटनाक्रमलाई प्रतिपक्षले कसरी हेरिरहेको छ भन्ने समसामयिक विषयमा कुराकानी त हुने नै भयो ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro