site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिलो लेगको नतिजा उल्ट्याउँदै पोर्चुगल नेसन्स लिगको सेमिफाइनलमा 

काठमाडौं । डेनमार्कविरुद्ध अन्तिम–८ को दोस्रो लेगमा ५–२ को जित निकालेसँगै पोर्चुगल यूईएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । 

आइतबार राति घरेलु मैदानमा पोर्चुगललाई जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले दुई गोल गरे । कप्तान क्रिस्टियानो रोनाल्डो र गोन्कालो रामोसले एक/एक गोल थपे । पोर्चुगलले अर्को गोल भने आत्मघाती उपहार पाएको थियो । 

पाहुना टिमका रास्मस क्रिस्टेन्सन र क्रिस्टियन एरिकसनले गोल गरे पनि टिमको हार टार्न सकेनन् । 

योसँगै पोर्चुगलले समग्रमा ५–३ को जित निकाल्दै सेमिफाइन यात्रा तय गरेको हो । पहिलो लेगमा पोर्चुगल डेनमार्कको मैदानमा १–० ले पराजित भएको थियो ।

पोर्चुगलले अब फाइनल प्रवेशका निम्ति जर्मनीसँग खेल्नेछ । जर्मनीले आइतबारै राति भएको अर्को खेलमा इटालीलाई समग्रमा ५–४ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  ०९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro