site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मतदान गराउन दबाब दिँदै हस्ताक्षर अभियान

विराटनगर । प्रेस चौतारी नेपालको विराटनगरमा जारी महाधिवेशनका एकसय जना प्रतिनिधिलाई अवैधानिक करार दिएपछि विवाद सुरु भएको छ । निर्वाचन माग गर्ने प्रतिनिधिहरूको मताधिकार नरहेको भन्दै बन्दसत्रमा अध्यक्ष गणेश बस्नेतले घोषणा गरेपछि बखेडा भएको हो ।

महाधिवेशनमा मतदानमार्फत नेतृत्व चयन हुनुपर्छ भन्ने मत राख्ने सयजना प्रतिनिधिले कार्डसमेत लिइसकेका थिए । तर, अध्यक्षको घोषणापछि विवाद थप बढेको एक प्रतिनिधिले बताए ।

महाधिवेशनमा राजेश राई र गणेश पाण्डेले अध्यक्ष पदमा दाबेदारी गरिरहेका छन् । पाण्डेलाई पार्टी अध्यक्ष केपी ओलीको समर्थन रहेको बताइएको छ । राईले आफूहरू चुनावी प्रतिस्पर्धामा विश्वास गर्ने भएकोले सोही प्रक्रिया अपनाउन दबाब दिइरहेको बताउँछन् ।

महाधिवेशन स्थलमा प्रतिनिधिले हस्ताक्षर अभियान सञ्चालन गरी मतदान गराउन दबाब दिइरहेका छन् । एमाले महासचिव शंकर पोखरेलले आइतबार उद्घाटन गरेको महाधिवेशनमा भाग लिन देशभरका नौ सय प्रतिनिधि विराटनगरमा भेला भएका छन् ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  २१:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro