site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बालशिक्षामा समर्पित एनएमटीसीको रजत जयन्ती

काठमाडौं । नेपाल मन्टेश्वरी ट्रेनिङ सेन्टर (एनएमटीसी)ले २५औँ वार्षिकोत्सव तथा वार्षिक सम्मेलन प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कुलमा सम्पन्न गरेको छ ।

बालशिक्षाका क्षेत्रका प्रतिष्ठित शिक्षक, नीति निर्माताहरू र सरोकारवालाहरू एकत्रित भइ एनएमटीसीको योगदानबारे समीक्षा गर्दै नेपालमा मन्टेश्वरी शिक्षाको भावी मार्गचित्रबारे छलफल गरेका थिए ।

औपचारिक समारोहका क्रममा एनएमटीसीकी निर्देशक पवित्रा लिम्बूले सम्बोधन गरेकी थिइन् । उनले संस्थाको २५ वर्षको यात्रा तथा बाल शिक्षामा एनएमटीसीले पुर्‍याएको प्रभावबारे प्रकाश पारिन् ।

उनले मन्टेश्वरी शिक्षकहरूको अथक समर्पण र एनएमटीसीलाई नेपालको प्रमुख प्रशिक्षण संस्थाका रूपमा स्थापित गर्न सम्पूर्ण समुदायको भूमिका उल्लेख गरिन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले एनएमटीसीको नेपालमा मोटेसरी प्रशिक्षणको अगुवा भूमिकाको प्रशंसा गर्दै गुणस्तरीय प्रारम्भिक बाल शिक्षाले राष्ट्रको भविष्य निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिए ।

समारोहमा बालशिक्षामा उल्लेखनीय योगदान दिएका व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियो । एनएमटीसी एन्ड्युरिङ एक्सिलेन्सः लंगेस्ट सर्भिस अवार्ड र एनएमटीसी एलुम्नाई एक्सिलेन्स इन मोन्टेसरी एजुकेशन लिडरसिप अवार्ड विभिन्न व्यक्तिहरूलाई दिइयो ।

यसैगरी, प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कुलका आईबीडीपी विद्यालय काउन्सलर तथा मनोवैज्ञानिक कर्णव प्रभाकरले ‘न्यूरो डेभलपमेन्टल डिसअर्डर र प्रारम्भिक बाल विकास’ विषयमा सेमिनार प्रस्तुत गरेका थिए ।

त्यस्तै, स्पिच एन्ड हियरिङ एसोसिएसन अफ नेपालकी उपाध्यक्ष तथा भाषिक–सुनाइ विशेषज्ञ नीलम लामा दाहालले 'भाषा तथा श्रवण विकासः महत्त्वपूर्ण चरणहरू र प्रारम्भिक जोखिम पहिचान' विषयमा अर्को सत्र प्रस्तुत गरेकी थिइन् ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १९:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro