site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कार्यपालिका बैठकको माग गर्दै वडाध्यक्षहरूले बुझाए बालेनलाई ज्ञापनपत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरूले कार्यपालिकाको बैठक माग गर्दै मेयर बालेन्द्र शाह (बालेन)लाई ज्ञापनपत्र बुझाएका छन् ।

महानगरका प्रवक्ता वडाध्यक्ष नवीन मानन्धरसहित १८ जना वडाध्यक्ष र पाँच कार्यपालिका सदस्यले हस्ताक्षरसहित पत्र बुझाएका हुन् ।

यथाशीघ्र कार्यपालिका बैठक बोलाउनु भनि ज्ञापनपत्र बुझाएको वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले बताए ।

महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा तीन महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन । प्रवक्ता मानन्धरका अनुसार प्रमुख प्रशासकीय अधिकृतको विषयमा विशुद्ध छलफल गर्न कार्यपालिका बैठकको माग गरिएको हो ।

“तीन महिनादेखि कार्यपालिका बैठक बसेको छैन । प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगर अस्तव्यस्त बनेको छ । त्यसैले प्रमुख प्रशासकीय अधिकृतको विषयमा विशुद्ध छलफल गर्न कार्यपालिका बैठकको माग गरेका हौँ,” मानन्धरले बाह्रखरीसित भने ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro