site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
'ग्लोबल रिसाइक्लिङ डे'को अवसरमा बीवाईडीले थाल्यो ब्याट्री रिसाइक्लिङ

काठमाडौं । ग्लोबल रिसाइक्लिङ डेको अवसरमा बीवाईडी अटो इन्डष्ट्रिले कम्प्रिहेन्सिभ ब्याट्री रिसाइक्लिङ एन्ड रियुज प्रोग्राम कार्यान्वयन गरेको छ । यसले वातावरणीय दिगोपनाप्रति बीवाईडीको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको कम्पनीले जनाएको छ ।

विश्व इलेक्ट्रिक मोबिलिटीतिर लागिरहेका बेला दिगो ईभी इकोसिस्टम प्राप्त गर्न जिम्मेवार रूपमा ब्याट्री व्यवस्थापन गर्नु महत्त्वपूर्ण रहेको र यसैमा कम्पनीले अग्रसर भएको बताएको छ ।

यसका लागि बीवाईडीले दुई प्रमुख रिसाइक्लिङ सेवा प्रदायक कम्पनी अमेरिकाको क्यालिफोर्नियास्थित आइटी एसेट पार्टनर्स इंक र चीनको वुहुस्थित एन्हुई लेचेङ लिथियम–आयोन टेक्नोलोजीसँग सहकार्य गरेको छ ।

सन् २०२४ को मे २८ मा भएको सहकार्यले लिथियम–आयोन ब्याट्री प्याक र ब्याट्रीलाई सुरक्षित, उत्तरदायी र दक्ष रूपमा रिसाइक्लिङलाई सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।

ब्याट्री रिसाइक्लिङमा बीवाईडीको सर्कुलर इकोनोमी अप्रोच दुवै सेवा प्रदायक कम्पनी रेस्पोन्सिबल रिसाइक्लर (आरटु) सर्टिफाइड हुन् । यसले दिगो रिसाइक्लिङको ग्लोबल स्ट्यान्डर्ड पूरा गर्ने कम्पनीले जनाएको छ ।

रिसाइक्लिङ प्रक्रियाअन्तर्गत क्यापासिटी टेस्टिङ, सेफ डिस्म्यान्टलिङ, मेटरियल रिकभरी र इको–फ्रेन्ड्ली प्रोसेसिङ गरिन्छ ।

नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले इलेक्ट्रिक सवारीसाधन उत्पादन गर्नु मात्र नभएर सर्कुलर इकोनोमी निर्माण गर्नु नै दिगोपना भएको टिप्पणी गरे ।

नेपाल इलेक्ट्रिक मोबिलिटीतिर रुपान्तरण भइरहेको छ । यसरी नेपालको दिगो लक्ष्यसँग बीवाईडीको पहलले एकरुपता लिएको कम्पनीको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro