site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दीपक मलिकको घर भत्काइएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)बाट राष्ट्रियसभा सदस्य घनश्याम रिजालले सिरहाको औरहीमा दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति माग गरेका छन् । आइतबार (चैत १०) राष्ट्रियसभा बैठकमा उनले यस्तो माग गरेका हुन् ।

उनले औरही–५ मा गाउँपालिकाका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका पालिका अध्यक्ष दिलीप यादव र विष्णु महायज्ञका आयोजक बजरंगी बाबाले दलित समुदायका दीपक मलिकको घर भत्काएकामा निन्दा गरे । घटनाबारे संसदीय छानबिन समिति गठन गर्न उनले माग गरे ।

“निर्वाचित जनप्रतिनिधिले यस्तो अपराधको नेतृत्व गर्नुले नेपाली समाजको चेतनाको स्तर उदांगो पारिदिएको छ,” उनले भने, “घटनाको सत्यतथ्य छानबिन गर्नको लागि संसदीय समितिको माग गर्दछु ।”

उक्त घटनाले ६० लाख दलित समुदायलाई अपमानित गरेको उनको भनाइ थियो । “दलितले बसोबास गरेको माटो अपवित्र हुन्छ भन्दै घर रहेको जमिनको माटो समेत खनेर फालिएको छ, म यो जघन्य अपराधको निन्दा गर्दछु,” उनले भने, “यो घटनाले झन्डै ६० लाख दलित समुदायलाई अपमानित गरेको छ । संविधान र कानुनको धज्जी उडाएको छ भने नेपाल र संसारभरि बसेर रहेका सभ्य नेपाली नागरिकको शिर लाजले झुकाउन बाध्य बनाएको छ ।” न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १३:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro