देश

गोरखा । गोरखाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि बिकको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा बिकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार, करेन्ट लागेर गम्भीर घाइते भएका बिकलाई गोरखा अस्पतालका चिकित्सकले मृत घोषित गरेका हुन् ।
घटनास्थलमा अनुसन्धान गर्दा डिसहोमको फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा बिजुलीको नांगो तारमा छोइएपछि उनलाई करेन्ट लागेको पाइएको उपरीक्षक सुवेदीले बताए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१ १२:५३
प्रतिक्रिया दिनुहोस्