site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानको विश्वास जित्ने प्रयास गर्दै अमेरिका

वासिङटन । मध्यपूर्वका निम्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले अमेरिकाले तेहरानसँग विश्वास कायम गरेर इरानसँगको सशस्त्र द्वन्द्व अन्त्य गर्न खोजेको बताएका छन् ।

एक्समा प्रकाशित अनलाइन समाचार प्रस्तोता टकर कार्लसनलाई दिएको अन्तर्वार्तामा विटकोफले ट्रम्पले इरानको सरकारलाई हालै लेखेको पत्रलाई धम्कीका रूपमा नराखिएको बताएका छन् ।

अमेरिका र इरानबीच लामो समयदेखि दुस्मनी छ । गाजामा नयाँ इजरायली आक्रमण र यमनको इरान समर्थित हुथी विद्रोहीको मालवाहक पानीजहाजलाई धम्की दिएपछि सम्बन्धमा नयाँ समस्या देखिएको छ । 

Argakhachi Cement Island Ad

यही मार्च ७ मा ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई पत्र लेख्दै इरानी आणविक कार्यक्रमबारे वार्ता पुनः सुरु गर्न आग्रह गरेका थिए । उनले सम्भावित सैन्य कारबाहीको चेतावनी पनि दिएका थिए ।

खामेनीले शुक्रबार टेलिभिजनमा सम्बोधन गर्दै भने, “अमेरिकीले थाहा पाउनुपर्छ कि इरानविरुद्धको धम्कीले उनीहरूलाई कहीँ पनि पुर्‍याउँदैन ।”

ट्रम्पको पहुँचको बचाउ गर्दै विट्कोफले कार्लसनसँग भने, “ट्रम्पको सेनामा उच्च हात छ र इरानीहरूले कूटनीतिक समाधानका निम्ति दबाब दिनु स्वाभाविक हुनेछ, तर उहाँले त्यसो गरिरहनुभएको छ,” उनले पत्रका बारेमा भने ।

“पत्रमा राष्ट्रपति ट्रम्पले ‘म शान्तिको राष्ट्रपति हुँ, म यही चाहन्छु । हामीले सैन्य रूपमा यसो गर्नुपर्ने कुनै कारण छैन, हामीले वार्ता गर्नुपर्छ’ भन्नुभएको छ,” विटकोफले भने ।

उनले भने, “हामीले प्रमाणीकरण कार्यक्रम सिर्जना गर्नुपर्छ, ताकि कसैले पनि तपाईंको आणविक सामग्रीको हतियारीकरणका बारेमा चिन्ता नगरोस्, किनभने यो धेरै राम्रो विकल्प होइन ।”

विटकोफले भने, “इरानसँग अमेरिकी वार्ता धेरै मुलुक र धेरै माध्यम वा ‘अप्रत्यक्ष च्यानल’मार्फत जारी छ ।”

उनले भने, “इरानसँग सबै कुरामा सफाइ लिने अवसर खुला छ । यसले उनीहरूलाई विश्व समुदायबाट टाढिएको सम्बन्धलाई जोड्नेछ र एकपटक फेरि एक महान् राष्ट्र बनाउनेछ । ट्रम्पले इरानीहरूसँग भरोसा बढाउन चाहनुहुन्छ ।” रासस/एएफपी

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्