खेल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले सिंगापुरविरूद्ध ऐतिहासिक जित हासिल गरेकामा नेपाली फुटबलका राष्ट्रिय खेलाडीलाई बधाई ज्ञापन गरेका छन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जालमा फुटबल खेलाडीको तस्बिर राख्दै सिंगापुरविरूद्धको खेलमा नेपालले विजय हासिल गरेकामा बधाई ज्ञापन गरेका हुन् ।
“बधाई नेपाली !! नेपालले सिंगापुरविरूद्ध ऐतिहासिक जित हात पारेको छ,” प्रधानमन्त्रीले लेखेका छन् ।
शुक्रबार सिंगापुरको राष्ट्रिय रंगशालामा भएको अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले सिंगापुरलाई १–० गोलले पराजित गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१ २३:५६
प्रतिक्रिया दिनुहोस्