site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाल मनोविज्ञानमा आधारित विजय मल्लको 'कोही किन बर्बाद होस्' नाटक मञ्चन

काठमाडौं । बाल मनोविज्ञानमा आधारित विजय मल्लद्वारा लिखित 'कोही किन बर्बाद होस्' नाटक मञ्चन भएको छ ।

शुक्रबार थापाथलीस्थित सेन्ट जेभियर्स कलेजमा अध्ययनरत स्नातक चौथो वर्षका विद्यार्थीहरूले उक्त नाटक मञ्चन गरेका हुन् ।

नाटकले बालमनोविज्ञानजस्तो संवेदनशील विषयलाई उजागर गरेको छ भने त्यसले व्यक्ति, समाज र देशको सभ्यता तथा समृद्धिमा कस्तो भूमिका खेल्छ भन्ने विषयलाई दर्साउन खोजेको छ ।

यसैगरी कुनै पनि व्यक्तिको विचार, उसले गर्ने निर्णय र कार्यले व्यक्तिगत तथा सामाजमा कस्तो असर पर्छ भन्ने कुरा नजिकबाट दर्साएको छ ।

नाटक ध्रुव नाम गरेका विद्यार्थीबारे छ । उसैको सेरोफोरोमा कथावस्तु प्रस्तुत गरिएको छ ।

पर्वत लावतीको नेतृत्वमा नाटक तयार गरिएको हो । नाटक निर्देशन मुस्कान स्थापित र प्राञ्जल पोखरेलले गरेका छन् ।

नाटकमा अदिति मिश्र, प्रिन्सिला नेपाली, मिमांसा ढुंगेल, सान्त्वना भट्टराई लगायतको अभिनय रहेको छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  २२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro