site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कवि तोया भट्टको कविता पुरस्कृत

काठमाडौं । हेम–सरिता पाठक फाउन्डेसनको आयोजनामा सम्पन्न भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा कवि तोया भट्टको कविता पुरस्कृत भएको छ ।

अमेरिकामा बसोवास गर्ने हेम पाठक र सरिता पाठकद्वारा स्थापित उक्त पुरस्कारका साथ एक लाख नगद राशि समेत प्रदान गरिने फाउन्डेसनको नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले जानकारी गराएका छन् ।

कविता प्रतियोगिताको निर्णायक समितिमा साहित्यकारहरू प्रमोद प्रधान, प्रा.डा. गोविन्दमान सिंह कार्की र पारस नेपाल रहेका थिए ।

लेकालीले जानकारी गराए अनुसार आउँदो बैशाख १३ गते काठमाडौंमा आयोजना गरिने कार्यक्रममा पुरस्कार प्रदान गरिने छ ।

त्यसै दिन भ्रष्टाचारविरुद्धको गीत प्रतियोगितामा पुरस्कृत गीतकार गोपालप्रसाद थपलिया र गायक संगीतकार शिशिर योगीलाई पुरस्कृत गरिने जनाइएको छ । सोही अवसरमा ‘टंकप्रसाद–रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकारहरू मातृका दाहाल र दीपा दाहाललाई प्रदान गरिने लेकालीले जनाएका छन् ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  २२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro