site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म रसुवामा

काठमाडौं । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गतेसम्म हुने भएको छ । 

महोत्सव गोसाइकुण्ड गाउँपालिका रसुवामा हुनेछ । सेलिब्रेटी नेपालको आयोजनामा नियमित रूपमा हुने गरेको महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्‍याउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।

उनका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्र समावेश गरिनेछ । महोत्सवमा डकुमेन्ट्री, सर्ट फिल्म, फिचर फिल्म र भाषाभाषीका फिल्मलाई समावेश गरिनेछ ।

‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका चलचित्र देखाइनेछ । 

जुरी टिमले छनोट गरेका चलचित्रहरू स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिनेछ ।

महोत्सवमा फिल्म स्क्रिनिङसँगै ग्रामीण परिवेशलाई समेटेर कस्ता चलचित्र बनाउने र कस्ता चलचित्रले दर्शकको साथ पाउनेछ भन्ने विषयमा अन्तरक्रिया र कार्यशाला गोष्ठीहरू समेत गरिनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro