site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘भाइरल गोर्खे’को टिजरमा सौगातदेखि ऋषि धमलासम्म 

काठमाडौं । चलचित्र ‘भाइरल गोर्खे’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरले चलचित्रको कथावस्तु बताउने प्रयास गरेको छ । 

नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाइरल हुन जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दै गएको छ । भाइरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम टिजरमा देखाइएको छ ।

टिजरमा गोपाल पाँडे पात्रले भाइरल हुन गरेका विभिन्न क्रियाकलाप र भाइरल भइसकेपछि लाइभ बसेर फ्यानसँग साक्षात्कार गरेको र पत्रकार ऋषि धमालसँग अन्तर्वार्ता गरेका दृश्य छन् ।

चलचित्रमा सौगात मल्ल र सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ । विशाल ताम्राकार, महेश लामिछाने र केवलजंग कुँवर निर्माता रहेको सिनेमा सह–निर्माता भुवन अधिकारी र निखिल पौडेल हुन् ।

चलचित्र जेठ ३० गते प्रदर्शनमा आउँदै छ ।  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro