site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्देशक अशोक शर्माकी छोरी कृतिले गरिन् अभिनयमा डेब्यु

काठमाडौं । निर्देशक, निर्माता तथा कलाकार अशोक शर्माकी छोरी कृति शर्माले अभिनयमा डेब्यु गरेकी छन् । म्युजिक भिडियोमार्फत उनले अभिनयमा डेब्यु गरेकी हुन् । 

‘रिटिङ् र्‍याइँ र्‍याइँ’ बिहीबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

गीत रिलिज कार्यक्रममा अशोक शर्माले छोरी कृतिले आफूलाई म्युजिक भिडियोमा अभिनय गरेर सरप्राइज दिएको बताए । कृतिले यसअघि ‘पानीफोटो’ र ‘रातो टीका निधारमा’लगायत सिनेमामा सहायक निर्देशकको रूपमा काम गरेकी थिइन् । 

“उसलाई अभिनय गर्ने इच्छा छ भन्ने थाहा भएको भए । मेरो सिनेमाबाट नै डेब्यु गराउन तयार थिएँ,” निर्देशक शर्माले भने ।

सुनील क्षेत्रीले अभिनय र निर्देशन गरेको म्युजिक भिडियोमा गायक वसन्त थापा र एलिना चौहानको स्वर छ । गीतमा शब्दरचना गीतकार राजेन्द्र थापाले गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  ११:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro