site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
के हो ‘भूठान’ले गर्ने भनेको ‘फ्राइडे नाइट विथ ह्याप्पियस्टट म्यान क्याम्पेन’ ?

काठमाडौं । चलचित्र ‘भूठान’ले हरेक शुक्रबार काठमाडौंका चल्तीका चियापसल र रेष्टुँराहरूमा ‘फ्राइडे नाइट विथ ह्याप्पियस्टट म्यान क्याम्पेन’ गर्दै छ । पहिलो कार्यक्रम थापाथलीस्थित चियावालामा चैत ८ गते साँझ ५ः३० मा हुन लागेको छ । 

यो कार्यक्रममा चिया पसलमा आएका जो कसैले आफ्नो गीत, कविता, मुक्तक, गजल, क्यारिकेचर प्रस्तुत गर्न सक्नेछन् । 

चलचित्र भूठानको टिजर र गीतको समीक्षा पनि गर्न सकिनेछ । 

हरेक हप्ता एकजना सेलिबे्रटीलाई सो कार्यक्रममा ‘ह्यापियस्ट गेस्ट’को रूपमा निमन्त्रणा गरिनेछ । यो हप्ता कवि एवं संचारकर्मी रुपेश श्रेष्ठले प्रमुख अतिथिको रूपमा अन्तिममा आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रममा उपस्थित मध्य तीनजनाले लक्की ड्रमार्फत सोही कार्यक्रममै भूठानको टिकट जित्नेछन् । 

चलचित्रका निर्माता अविरल थापाका अनुसार यो कार्यक्रम गर्नुको अभिप्राय चलचित्रका दर्शकसँग प्रत्यक्ष साक्षात्कर गर्नु हो । 

चलचित्र ‘भूठान’ विदेशमा रहेको आप्रवासीले आफ्नो घर फर्कन नपाएको कथामा विनोद पौडेलले निर्देशन गरेका हुन् । यसमा हरिवंश आचार्य, दयाहाङ राई, पूजा चन्द, ऋचा घिमिरे, अदिती प्याकुरेल, जोयश पाण्डेलगायत हलिउड कलाकार ब्रुस डर्नको पनि अभिनय रहेको छ । 

चलचित्र वैशाख १२ मा प्रदर्शनमा आउनेछ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro