site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिंगापुरसँग खेल्दै नेपाल, प्रशिक्षक रोस भन्छन्– बलियो प्रदर्शनको अपेक्षा छ

काठमाडौं । एएफसी एसियन कप क्वालिफायरअघि नेपाली राष्ट्रिय पुरुष टिमले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा प्रतिस्पर्धा गर्दै छ ।

सिंगापुरमै हुने खेलअघि नेपाली टिमका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले आफूले बलियो प्रदर्शनको आशा राखेको बताएका छन् । रोस गत फागुन १८ गते भिन्चेन्सो अल्बर्टो एनेसको स्थानमा नेपाली टिमको मुख्य प्रशिक्षक चयन भएका थिए ।

“हामीले घरमा दुई हप्ताको राम्रो प्रशिक्षण क्याम्प गर्यौं । अब म हाम्रो टिमले बलियो प्रतिद्वन्दीविरुद्ध ठूलो मञ्चमा कसरी प्रदर्शन गर्नेछ भन्ने हेर्न उत्साहित छु । नेपालबाट बलियो प्रदर्शनको अपेक्षा छ । यो मेरो लागि हाम्रो स्तर कहाँ छ जान्ने अवसर पनि हो,” खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक रोसले भने ।

यस्तै, नेपाली टिममा कप्तान तथा गोलकिपर किरण चेम्जोङले पनि आफ्नो टोली सिंगापुरविरुद्ध खेल्न तयार रहेको बताए ।

“प्रशिक्षकले भनेजस्तै हामीले दुई हप्ता राम्रो प्रशिक्षण गर्यौं । हामी भोलिको खेल खेल्न उत्साहित छौँ । हाम्रो टिम तयार छ,” उनले भने । 

सिंगापुर राष्ट्रिय रंगशालामा हुने यो खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजेदेखि सुरु हुनेछ । यो मैत्रीपूर्ण खेलपछि नेपालले मार्च २५ मा मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १०:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro