site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आर्मी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो ।

रोमाञ्चक खेलमा आर्मी ६–३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा भण्डारीले चार गोल गरिन् । अरु दुई गोल बिमला र हिमा चौधरीले गरे ।

रौतहटका लागि पिउली रायले दुई तथा सेनु परियारले एक गोल गरे । चार गोल गरेकी आर्मीकी चन्द्रा प्लेयर अफ दि म्याच भईन् । उनले १० हजार प्राप्त गरिन् ।

आर्मीले अब उपाधिका लागि एपीएफ एफसी काठमाडौंको सामना गर्नेछ । एपीएफ यसअघि पहिलो सेमिफाइनलमा भरतपुर २४ विरुद्ध ११–० को फराकिलो जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ ।

चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकालो प्रवर्द्धनमा जारी प्रतियोगिताको फाइनल खेल ९ गते शनिबार हुनेछ । प्रतियोगिताको विजेताले तीन लाख तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

 

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  २३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro