site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु, पहिलो दिन ‘शाम्बाला’ प्रदर्शन

काठमाडौं । आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारबाट सुरु भएको  छ । ‘विश्वभरिका कथाहरूको उत्सव : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा रहेको महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उद्घाटन गरेका हुन् । 

सो क्रममा अध्यक्ष दाहालले विश्वको चलचित्रको बजारमा प्रतिस्पर्धा गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय दर्शकलाई भित्र्याउन आवश्यक रहेको बताए । उनले नेपालको सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यलाई अन्तर्राष्ट्रिय दर्शकमाझ प्रस्तुत गर्न आवश्यक रहेकोमा जोड दिए । 

डिजिटल प्रविधि एआईको प्रयोगले सिनेमामा अवसर र चुनौतीहरू निम्त्याएको भन्दै उनले चुनौतीलाई अवसरमा परिणत गर्न चलचित्रकर्मी र निफले नयाँ प्रविधिलाई अपनाउने र नयाँ बजार खोज्न प्रेरित गरिरहेको धारणा राखे । 

यसपटक महोत्सवमा तीनवटा अडियन्स च्वाइस अवार्ड र एआई अवार्ड थप पनि गरिएको छ । अडियन्स च्वाइस अवार्डका निम्ति चैत ७ गतेदेखि ११ गते दिनको ४ बजेसम्म भोटिङ गर्न सकिने व्यवस्था गरिएको छ । 

समारोहको पहिलो दिन मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ प्रदर्शन भएको छ । महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छानिएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro