site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आठ महिनामा करिब २२ अर्बका १४ लाख स्मार्टफोन आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को आठ महिनामा करिब २२ अर्ब रुपैयाँका स्मार्टफोन आयात भएका छन् । 

भन्सार विभागको तथ्यांकअनुसार आठ महिनामा २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँ बराबरका १४ लाख ७ हजार ७८ स्मार्टफोन आयात गरिएको हो ।

यसबाट सरकारले चार अर्ब ८ करोड ५१ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

फागुनमसान्तसम्म एक अर्ब ५२ करोड ५८ लाख ९५ हजार रुपैयाँ बराबरका १६ लाख ९ हजार ९७ वटा अन्य मोबाइल एवं वायरलेस सञ्चारका उपकरण भित्र्याइएको छ । 

यसबाट सरकारले २८ करोड ३८ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro