site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आठ महिनामा साढे ११ खर्बको वस्तु आयात, नौ खर्ब ८७ अर्ब व्यापार घाटा
Tiktok banner adTiktok banner ad

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा ११ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो ।

विभागका अनुसार यो गत आर्थिक वर्षको तुलनामा ११.२० प्रतिशत बढी हो । गत आर्थिक वर्षको आठ महिनामा १० खर्ब ३० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

अघिल्लो आठ महिनाको तुलनामा निर्यात समेत बढेको छ । फागुनसम्मको तथ्यांकअनुसार एक खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो गत आर्थिक वर्षको तुलनामा ५७.२० प्रतिशत बढेको छ ।

आयात बढ्दा र निर्यात घट्दा व्यापार घाटा समेत बढेको छ । विभागका अनुसार आठ महिनाको अवधिमा नौ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ व्यापार घाटामा छ । 

यो गत आर्थिक वर्षको तुलनामा ६.२२ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको आठ महिनामा नौ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ व्यापार घाटा थियो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro