site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीले पटक–पटक फोन गर्दा पनि प्रचण्डसँग भएन सम्पर्क 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद विमला सुवेदीले सोधेको प्रश्नको जवाफमा उनले भने,“बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो सुरु गरी शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सरकार प्रतिबद्ध छ,” उनले भने ।

उनले छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि सम्पर्क गरेको बताए । तर, प्रचण्डको स्वास्थ्यमा केही समस्या भएकाले सम्पर्क गर्न नसकेको जवाफ पाएको बताए । 

“अहिले पनि म प्रयासरत छु । यसमा विपक्षी दलका नेताज्यूसँग सम्पर्क गर्न खोजिरहेको छु, तर पटक–पटक प्रयास गर्दा स्वास्थ्यमा केही समस्या भएको हुनाले सम्पर्क गर्न नसक्नुभएको भन्ने जवाफ पाएको छु,” उनले भने । 

उनले प्रचण्डसँग सम्पर्क हुनेबित्तिकै काम अघि बढाइने बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro