site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यसूचीबाट नहटाइए सदन बहिष्कार गर्ने प्रभु साहको चेतावनी
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाका सांसद प्रभु साहले ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम’ कार्यसूचीबाट हटाउन माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले अघिल्लो प्रश्नोत्तर कार्यक्रममा आफूले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिएको भन्दै कार्यक्रमको औचित्य नभएको बताए । 

“कुनै प्रश्नको जवाफ छैन भने त्यो कार्यक्रमको औचित्य छैन । मैले सोधको जवाफ प्रधानमन्त्रीले दिनुभएन । प्रभु साहको होइन, सवाल प्रश्नोत्तर कार्यक्रमको हो,” उनले भने ।

उनले संसद्को सम्मान पनि नगरेको उनको भनाइ छ । आज प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुँदै छ । उनले कार्यसूचीबाट नहटाए कार्यक्रम बहिष्कार गर्ने चेतावनी पनि दिए । 

“यदि कार्यसूचीबाट हटाइएन भने त्यो कार्यक्रम बहिष्कार गर्ने जानकारी गराउन चाहन्छु,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  ११:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro