site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सात सिडीओसहित १३ सहसचिव/उपसचिवको सरुवा (को कहाँ ?)

काठमाडौं । गृह मन्त्रालयले बुधबारको निर्णयअनुसार सातजना प्रमुख जिल्ला अधिकारीसहित १३ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । 

सरकारले गृह मन्त्रालयका सहसचिव दिलकुमार तामाङलाई जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुखमा पदस्थापन गरेको छ । त्यस्तै, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीमा रहेका विश्वप्रकाश अर्याललाई गृह मन्त्रालयमा सरुवा गरेको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे जिल्ला प्रशासन कार्यालय पर्वतमा सरुवा भएका छन् । 

सहसचिव जगदीश्वर उपाध्यायलाई सुर्खेत जिल्ला प्रशासन कार्यालयमा पदस्थापन गरिएको छ भने भविश्वर पाण्डेलाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रजिअ अरुण पोखरेललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

कुमान सिंह गुरुङको बाग्लुङमा पदस्थापन गरिएको छ भने नेत्र प्रसाद सुवेदीलाई बाग्लुङबाट गृह मन्त्रालयमा सरुवा गरिएको छ । प्रेम प्रसाद लुइँटेललाई उदयपुरको प्रमुख जिल्ला अधिकारीमा पदस्थापना गरिएको छ भने आनन्द सारुलाई अछामको प्रमुख जिल्ला अधिकारीमा पदस्थापना गरिएको छ । अछामका प्रजिअ शिवप्रसाद लम्साल र पर्वतका प्रजिअ केदारनाथ शर्मालाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ । 

को कहाँ ?

griha-saruwa-1742401277.jpg
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  २२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro