site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बाँसबारीलाई पहिलो तीन अंक

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बाँसबारी क्लबले रानी कर्नर टिम (आरसीटी) विरुद्ध ४–२ को सानदार जित निकाल्दै पहिलो तीन अंक जोडेको छ ।

बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न दोस्रो खेलमा आरसीटीविरुद्ध जित निकाल्न बाँसबारीका बिके राईले दुई गोल गर्दा सरोज दर्लामीमगर र संगम ठकुरीले समान एक गोल गरे । आरसीटीका लागि सुदिप लामा र मन्जील खड्काले गोल गरेता पनि खेलमा फर्कन भने पर्याप्त भएन ।

१६औँ मिनेटमा बाँसबारीका सरोजले टिमलाई पहिलो अग्रता दिलाए । २५औँ मिनेटमा बिके राईले अग्रतालाई दोब्बर बनाए । ५२औँ मिनेटमा आरसीटीका मन्जील खड्काले एक गोल फर्काए ।

७४औँ मिनेटमा सुदिप लामाको गोलमा आरसीटीले पुनरागमन गर्‍यो । लगतै चार मिनेटपछि बाँसबारीका ठकुरीले ७८औँ मिनेटमा पेनाल्टी अवसरलाई गोलमा परिणत गर्दै टोलीलाई अग्रतामा राखे । ८४औँ मिनेटमा बिके राईले टिमका निम्ति निर्णायक गोल गरे ।

खेलबाट बाँसबारीले पहिलो जित निकाल्दै तीन अंक हाँसिल गरेको छ । आरसीटीले दोस्रो हार खेप्दै शून्य अंकमा सीमित भएको छ ।

 

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  २१:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro