site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘हिउँको गीत’को मोसन पोस्टर सार्वजनिक 

काठमाडौं । रंगकर्मी विमल सुवेदीको लेखन तथा निर्देशनमा तयार भएको पहिलो चलचित्र ‘हिउँको गीत’को मोसन पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरले चलचित्रका मुख्य कलाकारलाई परिचित गराएको छ । 

मोसन पोस्टरमा चलचित्रको विषयवस्तुलाई पनि विम्बात्मक रुपमा प्रस्तुत गरेको छ । औँठाछापको पृष्ठभूमिमा बनेको पोस्टरले विस्थापनको कथासँगै कलाकारका उदास आँखा र क्षितिजतर्फको दृष्टिमार्फत् चरित्रको अनन्त प्रतीक्षाको नियतिलाई संकेत गरेको निर्माणपक्षले प्रेस नोटमार्फत जनाएको छ ।

‘हिउँको गीत’मार्फत् चलचित्र निर्देशनमा पाइला चालेका विमल नेपाली नाट्य क्षेत्रलाई राष्ट्रियस्तरमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा समेत प्रतिनिधित्व गरेका छन् । 

लामो समयदेखि नाट्य क्षेत्रबाट नै नेपाली कलाक्षेत्रलाई महत्वपूर्ण योगदान दिएका विमलले अध्यापन र धेरै चलचित्रकर्मीहरुसँग सहकार्य गरिसकेका छन् ।  

‘हिउँको गीत’मा वर्षा राउत, जोयस पाण्डे, आकाश खतिवडा, ईशिर कर्माचार्य र पूजा चन्द केन्द्रीय भूमिकामा छन् । चलचित्रको ओहायो राज्यको क्लिभल्यान्ड र पेन्सलभेनिया राज्यको पिट्सबर्ग सहरमा छायांकन गरिएको हो ।

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro