site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गणतन्त्रवादीलाई राप्रपा सांसदको जवाफ– आत्तिन पर्दैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले राजतन्त्रलाई लिएर नआत्तिन आग्रह गरेका छन्  । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले पूर्वराजा ज्ञानेन्द्र शाहले सरकार चलाउनेलाई नरोकेको बताए । 

“गणतन्त्र आएको दुई दशकमा राजाले एकदिन पनि सरकार चलाउनेलाई आन्दोलन वा केही गरेर रोकेको छैन, हस्तक्षेप गरेको छैन । तैपनि किन हो ? कसो हो ? सबै आत्तिएको जस्तै देख्छु,” उनले भने ।

सिंहले पूर्वराजाले सरकारलाई बेलाबेलामा सुशास र जनतालाई राहत दिन आग्रह गरेर सन्देश दिएको बताए । तर, सरकारले सुध्रिने लक्षण नदेखिएपछि पजातन्त्र दिवसको अवसरमा राष्ट्र र जनता बचाउन एकपटक साथ दिन भनेको उनको भनाइ छ ।

सोही अनुसार फागुन २५ गते हजारौँ जनता 'हामी साथ दिन्छौँ' भनेर विमानस्थलबाट निर्मल निवास पुगेपछि पूर्वपश्चिम फर्कनेहरू एकतातिर फर्किएको बताए ।

“पूर्वपश्चिम फर्कने पनि एकैतिर फर्केको महसुस गरेँ, त्यति आत्तिनुपर्दैन,” उनले भने ,“नआत्तिनुस्, देश तपाईं हामीले नै मिलेर बनाउने हो ।”

पूर्वराजा शाहको सक्रियताप्रति गणतन्त्रवादीहरूले आपत्ति जनाउँदै आएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro