site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बार चुनावमा सत्ता गठबन्धतिर राप्रपा, माओवादीसँग मिल्यो रास्वपा 

काठमाडौं । कानुन व्यवसायीहरूको छाता संस्था नेपाल बार एसोसिएसनको निर्वाचन यही चैत २३ गते हुँदै छ । बार चुनावमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) निकट कानुन व्यवसायीहरूसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट कानुन व्यवसायी मिसिएका छन् ।

कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए), एमाले निकट प्रोग्रेसिभ प्रोफेसनल लयर्स एसोसिएसन (पीपीएलए) र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक कानुन व्यवसायी संगठन (डीएलए)का विजयप्रसाद मिश्रको नेतृत्वमा प्यानल निर्माण गरेका छन् । यस प्यानलमा एमाले निकट पीपीएलएका केदार कोइराला महासचिव उमेदवार बनेका छन् ।

माओवादी–नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट कानुन व्यवसायीहरूले अर्को गठबन्धन बनाएका छन् । माओवादी निकट रिपब्लिक लयर्स एसोसिएसन (आरपीएलए)ले अध्यक्षमा बारका पूर्वमहासचिव रमन श्रेष्ठको नेतृत्वमा प्यानलमा रास्वपाको अनुशासन समितिमा समेत बसेका यज्ञमणि न्यौपाने महासचिवको उमेदवार बनेका छन् । यस प्यानलमा एकीकृत समाजवादी निकट एसपीएलए पनि जोडिएको छ । 

निर्वाचन समितिका अनुसार, बार चुनावमा ९ हजार ९९७ जना मतादाता छन् । उनीहरूले अध्यक्ष एकजना, उपाध्यक्ष एक महिलासहित आठजना, महासचिव एकजना, कोषाध्यक्ष एक र १४ जना सदस्य गरी २५ सदस्यीय कार्यसमिति चुन्नेछन् ।

बार चुनावका लागि काठमाडौंसहित देशका ३६ स्थानमा निर्वाचन केन्द्र तय गरिएको छ । 

यसपटक अध्यक्षमा आशिष पौडेल, राजु कैती र उज्जवल घिमिरेले स्वतन्त्र उमेदवारी दिएका छन् । निर्वाचित हुने २५ पदका लागि बारमा ५७ जनाको उमेदवारी परेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro