site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
म्याग्दीमा जिप दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते
प्रतीकात्मक तस्बिर ।

म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।

सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बरको जिप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

जिपमा चालकसहित पाँचजना सवार थिए । घाइते भएका ओखरबोटका ३३ वर्षीय शेरबहादुर बिक, चिउरीबोटका ३१ वर्षीय नगेन्द्र गोतामे र २२ वर्षीय भीमप्रसाद गोतामेको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, चालकको लापरबाहीका कारण दुर्घटना भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय दरबाङको टोली पुगेको छ । रासस

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १०:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro