site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लेखा समितिको बैठकमा बाँडियो १५ उजुरी (सूचीसहित)
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा पछिल्लाेपटक आएकामध्ये १५ वटा उजुरी वितरण गरिएकाे छ । मंगलबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा जारी बैठकमा सदस्यलाई १०० देखि ११४ नम्बरसम्मका उजुरी बाँडिएकाे हाे ।

उजुरीमाथि छलफलका लागि कांग्रेस सांसद सञ्जयकुमार गाैतमकाे नेतृत्वमा उपसमिति बनाइएकाे थियाे । उपसमितिले दुईवटा बैठकबाट उजुरीबारे निष्कर्ष निकालेको सभापति ऋषिकेश पाेखरेलले जानकारी दिए ।

वितरण गरिएका उजुरीमा सिमेन्टमा र डन्डीसम्बन्धी मूल्यवृद्धि एवं कालोबजारीबारे, सिँचाइ आयोजनाहरूमा क्वालिफिकेसन क्राइटेरिया संशोधनबारे, नेपालको ई–पासपोर्ट खरिद प्रणालीमा भएको भनिएको भ्रष्ट्राचारबारे, ६४ लाख राहधानी छपाइसम्बन्धी बोलपत्रमा देखिएको भनिएको चलखेलबारे छन् ।

यस्तै, कीर्तिपुर क्रिकेट मैदानको फ्लडलाइटको बोलपत्र आह्वानमा प्राविधिक छानबिनको माग गरिएको उजुरी पनि बाँडिएको छ ।

उपसमितिले समितिकाे कार्यक्षेत्रमा पर्ने ४७ उजुरी सर्टलिस्ट गरेकाे छ ।

हेराैँ उजुरी

Ujuri-(1)-1742279582.jpg

Ujuri-(2)-1742279582.jpg

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro