काठमाडौं । पाकिस्तानी गजल गायक गुलाम अली, आमिर गुलाम अली र नाजिर गुलाम अलीको स्वरमा रहेको गजल ‘गजल उनकै गीत उनकै’को भिडियो सार्वजनिक भएको छ । गजलमा मनोज खड्काको शब्द र मिलन मोक्तानको संगीत छ ।
गजलको भिडियोमा केही दिनअघि ललितपुरमा आयोजित ‘गुलाम अली थ्री जेनेरेसन अन वन स्टेज’ कार्यक्रमका दृश्य समेटिएका छन् । भिडियोमा गुलाम अली नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको स्वागतदेखि उनको कार्यक्रमसम्मको दृश्य समेटिएको निर्माणपक्षले प्रेस नोटमा उल्लेख छ ।
प्रज्ञा साउन्ड रेकर्डिङमा रेकर्ड गरिएको गीतमा किरण कँडेलको एरेन्ज छ । गजलकार मनोज खड्काले उस्ताद गुलाम अलीको तीन पुस्ताले रेकर्ड गरेको हाल सम्मकै पहिलो ऐतिहासिक गजल रहेको बताए ।