site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुखमा भट्ट नियुक्त 

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेश भट्ट नियुक्त भएका छन् । 

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बैतडीका भट्टलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । 

कार्यकारी प्रमुख सिफारिसका लागि गठित समितिले भट्टका साथै सुमनकुमार कर्ण र मन्दीप सुवेदीको नाम सिफारिस गरेको थियो।

वातावरण तथा जलवायु परिवर्तनविज्ञ भट्टले विभिन्न इन्जिनियरिङ क्याम्पसहरूमा २० वर्ष प्राध्यापन गरेका छन् । 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  २१:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro