site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस–एमालेसहितको सरकारमा सहभागी हुने कुनै नीति छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेसहितको सरकारमा सहभागी हुने कुनै नीति नरहेको स्पष्ट पारेका छन् । 

सोमबार काठमाडौंमा राजेन्द्र श्रेष्ठद्वारा लिखित पुस्तकको विमोचन गर्दै प्रचण्डले सरकारमा जाने कुनै नीति नलिएको र यसबारे कुनै छलफल समेत नभएको बताएका हुन् । प्रचण्डले मुलुकमा कुनै संकट आएको खण्डमा समाधानको विचार दिन भने आफूहरू तयार रहे पनि यही सरकारमा सामेल हुन भने नसकिने स्पष्ट पारे । 

कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भन्दै बाहिर आएका चर्चामा सत्यता नरहेको उनले बताए । उनले कांग्रेस–एमालेले भ्रष्टाचारीलाई बचाउने उद्देश्यले सरकार बनाएको भन्दै वर्तमान सरकारप्रति सुरुदेखि नै विमति रहेको धारणा राखे । 

प्रचण्डले इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस भएको भन्दै सबै मिलेर त्यसको प्रतिवाद गरेर उपलब्धिलाई जोगाउनुपर्नेमा जोड दिए । राजावादीको क्रियाकपाल संविधानविपरीत भएको र जनतालाई फेरि एकचोटि रैती बनाउनेतिर प्रेरित रहेको उनको भनाइ छ ।

प्रचण्डले स्वार्थका लागि नभई जनताको आवश्यकताका आधारमा परिवर्तन नउल्ट्याउने गरी संविधान संशोधन गर्नुपर्ने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि जनताको अपेक्षाअनुसार काम हुन नसकेकाले त्यसको समीक्षा र समाधानका लागि माओवादी अघि बढेको धारणा राखे । 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro