site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललित राजवंशीको उत्कृष्ट बलिङमा पुलिसको सहज जित

काठमाडौं । प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको छ ।

सोमबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा पुलिसले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले २८.३ ओभरमा सबै विकेट गुमाएर ९९ रनमात्र बनाउन सक्यो ।

सुदूरपश्चिमका शेर मल्लले सर्वाधिक ३२ रन बनाए । मिलन बोहराले २३ रन थप्दा टेक रावलले १२ रन जोडे । यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पुलिसका ललितनारायण राजवंशीले ६ विकेट लिए । उनले सात ओभर बलिङ गर्दा १६ रन मात्र खर्चिए । यस्तै, सागर ढकालको नाममा दुई विकेट लिँदा करण केसीको नाममा एक विकेट रह्रयो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पुलिसले ४७ ओभरमा सबै विकेट गुमाएर १६० रनको योगफल बनाएको थियो ।

पुलिसका दीपेन्द्रसिंह ऐरीले ४१ रन जोडे । आरिफ शेखले ४० रन बनाए । सागर ढकालले २२, दिलिप नाथले १९ र अमित श्रेष्ठले १८ रन प्रहार गरे ।

सुदूरपश्चिमका सूर्य श्रेष्ठले चार विकेट लिए । भोजराज भट्टले तीन विकेट लिँदा शेर मल्लले दुई विकेट र हेमन्त धामीले एक विकेट लिए ।

प्रतियोगितामा पुलिस अपराजित छ । जितसँगै पाँच खेलबाट १० अंक जोडेको पुलिस तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट दुई अंक जोडेको सुदूरपश्चिम तालिकाको पुछारमा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro