site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रमिकलाई सम्झौताअनुसार सुविधा नदिने म्यानपावरलाई कानुनी दायरामा ल्याउन माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सम्झौताअनुसार पारिश्रमिक दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार (चैत ४) प्रतिनिधिसभा बैठकमा उनले वैदेशिक रोजगारीमा जाने श्रमिक ठगिएको, समस्यामा परेको र दूतावासले बेवास्ता गर्ने गरेको गुनासो आइरहेको भन्दै यस्तो ध्यानाकर्षण गराएका हुन् ।

“दैनिकजसो मेरो सचिवालयमा ठगिएको, समस्या परेको र दूतावासमा समस्या राख्दा बेवास्ता गर्ने गरेको गुनासो आउने गरेको छ,” उनले भने ।

यूएई र मलेसियाको सेक्युरिटी कम्पनीमा कार्यरत श्रमिकले सम्झौताअनुसार पारिश्रमिक, बिदा र औषधि उपचार नपाएको उनले उल्लेख गरे । उनले म्यानपावर कम्पनीले श्रमिकलाई भनेअनुसारको सेवा सुविधा नदिने र गुनासो गर्दा धम्क्याउने गरेको बताए ।

“हालै यूएई र मलेसियाको सेक्युरिटी कम्पनीमा कार्यरत श्रमिकहरूले सम्झौताअनुसार पारिश्रमिक, बिदा र औषधि उपचार नपाएको गुनासो हामीमाझ गर्नुभएको छ,” उनले भने, “यता, म्यानपावरले मोटो रकम असुल्ने र भनेजस्तो काम नदिएको गर्दा श्रमिकहरूलाई थर्काउने र धम्क्याउने गरेको उनीहरू बताउँछन् ।”

मुलुक रेमिट्यान्सले चलिरहेको अवस्थामा श्रमिकलाई सम्झौताअनुसारको सेवा सुविधा दिलाउन र दुःख दिने म्यानपावर कम्पनीलाई कानुनी दायरामा ल्याउन उनले माग गरे । “विदेशमा पसिना बगाएर पठाएको रेमिट्यान्सले टेको दिएको विदितै छ । तर, उनीहरूको पीडा भने हामीले बुझ्न सकेका छैनौँ,” उनले भने, “त्यसैले नेपाली श्रमिकहरूको अवस्था बुझेर सम्झौताअनुसारकै सेवा सुविधा दिलाउन र श्रमिकलाई दुःख दिने म्यानपावर कम्पनीहरूलाई कानुनी दायरामा ल्याउन श्रम मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।”

उनले बर्सातको समय नजिकिएकाले बाढीको जोखिम भएका नदीहरूमा तटबन्धको व्यवस्था गर्न समेत माग गरे । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro