site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ज्ञानेन्द्र शाहीलाई ‘मिस्टर’ भनेको अभिव्यक्ति हटाउन माग
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई नेकपा (एमाले)का सांसद रघुजी पन्तले ‘मिस्टर’ भनेको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले गलत इतिहास सुनाएर शाहीलाई अपशब्द बोलेको आरोप लगाए । 

“हिजो एउटा झुटो इतिहास सुनाएर जुम्लाका माननीय सांसद ज्ञानेन्द्रबहादुर शाहीलाई अपशब्द बोलेर मानहानि गरी तिमी र तपाईं, मिस्टर भनेर सम्बोधन भयो,” उनले भने । 

उनले शाही गठबन्धनको भन्दा बढी भोट ल्याएर जितेको सांसद भएको पनि बताए ।

“सदनमा मर्यादाहीन पेस हुने गैरजिम्मेवारी हो । त्यो रेकर्डबाट मेटिनुपर्छ । र, ती सांसदलाई सचेत हुन सभामुखबाट अनुरोध गर्छु,” उनले भने ।

आइतबार प्रतिनिधिसभाको बैठकमा पन्तले राजाकालीन विषयमा धारणा राख्ने क्रममा शाहीसँग विवाद भएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro