site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्‌मा रघुजी पन्त र ज्ञानेन्द्र शाहीबीच भनाभन 

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्त र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीबीच संसद्‌मा भनाभन भएको छ । आइतबार (चैत ३) प्रतिनिधिसभा बैठकमा पन्तले राजतन्त्रकालका घटनाका विषयमा धारणा राख्दा शाहीले नियमापत्ति भन्दै समय मागेका थिए ।

तत्कालीन राजा वीरेन्द्र शाहले भारतको कोलकातामा विभिन्न स्त्रीसँग सम्बन्ध राखेको पन्तले उल्लेख गरे । त्यसबारे भारतीय प्रधानमन्त्रीले नेपालको राजाको तरिका ठिक नभएको बताएको उनले सुनाए ।

त्यसपछि शाहीले बोल्न सभामुख देवराज घिमिरेसँग समय मागे । पन्तले आफ्नो समयमा बोल्नुस् भन्ने जवाफ फर्र्काए ।

“म इतिहासबाट साबित गर्न सक्छु । मसँग बहस गर्ने हो भने इतिहास पढेर आउने । जुम्लामा हाउ गरेर आएको जस्तो होइन,” उनले भने ।

शाहीले पन्तले गलत इतिहास सुनाएको जिकिर गरे । पन्तले आफ्नो बोल्ने समयमा ‘डिस्टर्ब’ नगर्न आग्रह गरे । शाहीले जे पायो त्यही भन्न मिल्छ ? भन्दै प्रश्न गरे ।

“मैले बोलेको इतिहास गलत हो भने इतिहासको पुस्तक पढाएर साबित गरौँ,” उनले भने ।

त्यसपछि सभामुख घिमिरेले आफ्नो समयमा बोल्न आग्रह गर्दै पन्तको काटिएको समय थप गरे । थप समयमा पन्तले पूर्वराजाको सक्रियताप्रति आपत्ति जनाए । उनले सत्तापक्ष पनि सडकमा आउन नपरोस् भन्दै चेतावनी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro