site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेकपा एसको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।  

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको पक्षमा जनमत सिर्जना, यही चैत १५ गते समाजवादी मोर्चाको आयोजनामा काठमाडौंमा हुने बृहत् र्‍याली तथा विशाल आमसभालाई सफल बनाउन कार्ययोजना तयारलगायत विषयमा छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

Argakhachi Cement Island Ad

काठमाडौं उपत्यकामा उपलब्ध स्थायी कमिटी सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । उपत्यकाबाहिर रहेका नेतालाई फर्कन आह्वान गरिएको छ ।

बैठकमा पार्टीले सुशासन, रोजगारीलगायत विषयलाई केन्द्रित गरी देशभर सुरु गरिएको समाजवादी अभियानबारे मातहत कमिटीलाई संगठन सुदृढीकरण तथा पार्टीलाई सक्षम, सबल र विश्वसनीय बनाउन रणनीति तयार गरिनेछ । 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ०५:५६
प्रतिक्रिया दिनुहोस्