site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीआरआईबाट फाइदा लिन राष्ट्रिय सहमति आवश्यक : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) नेपालको हितमा रहेकाले विवाद गर्नुपर्ने कारण नरहेको बताएका छन् । बीआरआई विषयक काष्ठमण्डप डायलगको पहिलो श्रृंखलाको सम्बन्धमा फाउन्डेसन फर पिस, डेभलपमेन्ट एन्ड सोसलिजमले आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले देशको परिस्थिति अनुरुप बीआरआईअन्तर्गतका परियोजना कार्यान्वयन गर्नुपर्ने समेत बताए । बीआरआईबाट फाइदा लिन राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गरे ।

उनले विश्वका १५० भन्दा बढी देशमा बीआरआई परियोजना लागु भइसकेको र त्यसबाट यो लाभकारी हो भन्ने पुष्टि भएको धारणा राखे । बीआरआईका सन्दर्भमा देखिएका चर्चाका विषयमा काष्ठमण्डप डायलगमार्फत बौद्धिक वर्गसँग छलफल गरिएको उनले बताए । काष्ठमण्डप डायलगको पहिलो श्रृंखलाबाट विभिन्न सवादमा अध्ययन र अनुसन्धानको प्रक्रियालाई जारी राख्ने निष्कर्ष निकालेको जानकारी दिए ।

उनले बीआरआई परियोजना २१औँ शताव्दीको ठूलो परियोजना भएकाले नेपालले फाइदा लिएर अघि बढ्नुपर्छ भन्ने निष्कर्ष रहेको उल्लेख गरे । बीआरआईका विषयमा राजनीतिक दलहरूबीच बृहत् राष्ट्रिय कायम गर्नुपर्नेमा सम्मेलनले जोड दिएको उनले बताए ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  २०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro