site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पन्तलाई ज्ञानेन्द्र शाहीको जवाफ– हत्याराहरू यही संसद्‌मा सांसद बनेका छन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो ? भन्दै प्रश्न गरेका छन् । आइतबार (चैत ३) प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले)का सांसद रघुजी पन्तले राजतन्त्रकालका हत्याको शृंखला सम्झाएपछि उनले त्यस्तो जवाफ फर्काएका हुन् ।

“यहाँ आएर जे मन लाग्यो त्यही बोल्ने ? अघि हत्याराका कुरा गर्नुभएको थियो, मदन भण्डारीको हत्या कसले गर्‍यो ? त्यो हत्या पत्ता लगाउँछु भन्ने मान्छे अहिले प्रधानमन्त्री हुनुहुन्छ,” शाहीले भने, “मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो ? यसको जवाफ यस संसद्लाई चाहिन्छ ।”

उनले दुईतिहाइको सरकार भएका बेला त्यो हत्याको याद आएन ? भन्दै थप प्रश्न गरे । “हत्याको कुरा गर्नुहुन्छ ? राष्ट्रपति तपाईंहरूकै थिए । प्रधानमन्त्री तपाईंहरू नै हुनुहुन्थ्यो । संसद्‌मा दुईतिहाइ थियो । अनि, मदन भण्डारीको हत्याको याद आएन ?,” उनले प्रश्न गरे ।

काण्ड सम्झाइदिऊँ ? भन्ने पन्तको भनाइमा उनले निर्मला पन्तको हत्यारा पत्ता लगायौँ ? भन्दै प्रश्न गरे । उनले थपे “बाँदरमुडे घटना याद छ । निहत्था नागरिकलाई बम हानेर मारेको हो कि होइन ?,” उनले भने, “लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीका हत्याराहरू यही संसद्‌मा सांसद बनेर हिँडिरहेका छन् । यसको जवाफ चाहिन्छ कि चाहिँदैन ?”

उनी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति पनि खनिए । “खुल्लामञ्चमा उभिएर पाँच हजार मान्छे मैले मारेको हुँ भन्ने व्यक्ति यो देशको प्रधानमन्त्री बन्न पाउने व्यवस्था हो । भारतको दिल्लीमा नेपालमा निहत्था मान्छे मार्नुपर्छ भनेर अघि बढ्ने व्यक्ति यही देशको सांसद र मन्त्री बन्न पाउने व्यवस्था उत्तम हो ?,” उनले भने ।

उनले राजासहितको प्रजातन्त्र चाहिने भन्दै खुला बहस गर्न तयार रहेको बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro