site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्य बिमा कार्यक्रमलाई सिंगो राष्ट्रको गौरवको योजना बनाउनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल
फाइल तस्बिर ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई राष्ट्रको गौरवको योजना बनाउन आवश्यक रहेको बताएका छन् । आइतबार मन्त्रालयमा स्वास्थ्य सुधार सुझाव समितिको प्रतिवेदन र कार्ययोजनाको सार्वजनिकीकरण कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले बिमा कार्यक्रमलाई स्वास्थ्य मन्त्रालयको कार्यक्रमका रूपमा मात्र सीमित राख्न नहुने बताए ।

उनले स्वास्थ्य बिमा कार्यक्रमलाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारका सबै निकायहरूको दृढ संकल्प, नीति–निर्माताहरूको सहयोग र समग्र राष्ट्रको एकीकृत प्रतिबद्धता अपरिहार्य रहेको बताए । यसका लागि मन्त्रालयको तर्फबाट प्रधानमन्त्री तथा संसद्‌को सहयोगमा हाल विभिन्न निकाय तथा मन्त्रालयमार्फत छरिएर सञ्चालन भइरहेका स्वास्थ्य सहायता तथा राहत कार्यक्रमहरूलाई एउटै संरचनाभित्र समेटी एकीकृत व्यवस्थापन गरिने उनको भनाइ छ ।

उनले छुट्टाछुट्टै रहेका कार्यक्रमहरूलाइ क्रमशः एउटै छातामुनि ल्याएर उपचारमा सबैको समान पहुँच, सेवा प्रवाहमा पारदर्शिता र उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरी स्वास्थ्य बिमा प्रणालीलाई समृद्ध, व्यवस्थित  र नागरिकमैत्री बनाइने बताए ।

मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा 'डिपार्चार' चाहिएको र त्यो बिमाको दिगो व्यवस्थापन र विस्तारबाट नै सम्भव रहेको बताए । उनले सरकारले 'सबैका लागि, सधैँका लागि : स्वास्थ्य बिमा' भन्ने मूल उद्देश्यले बिमा कार्यक्रमलाई विस्तार गर्न चाहेको पनि बताए ।

मन्त्री पौडेलले स्वास्थ्य बिमा प्रणालीमा जोडिएर गरिने औषधि उपचारलगायत धेरै काम डिजिटल माध्यमबाट गरिँदै आएको बताए । अब यसलाई अधिकतमरूपमा विकास गरी पूर्णतया डिजिटल मध्यमबाट हुने गरी विकास गर्ने योजना रहेको सुनाए ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro