site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्युचाटारमा आगलागी, १५ लाखको क्षति

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–७, स्युचाटारस्थित एक कच्ची घरमा गए राति (चैत २) आगलागी भएको छ । स्थानीय कृष्णहरि श्रेष्ठको एक तलाको कच्ची घर (जस्ताको टहरा)मा राति ९ः४० मा लागेको आगो १०ः५० बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिल बोहराले जानकारी दिए ।

उनका अनुसार, साँघुरो ठाउँ भएकाले ठूलो दमकल छिर्न नसक्दा आगो निभाउन कठिनाइ भएको थियो । तर, चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको सानो दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले आगो निभाएका थिए । अरू विभिन्न क्षेत्रका थप चार दमकल ल्याइए पनि सडक फराकिलो नहुँदा त्यहाँ पुर्‍याउन सकिएन ।

उक्त आगालगीमा १५ लाख रुपैयाँबराबरको क्षति अनुमान गरिएको छ । आगो निभाउन कालीमाटी प्रहरी वृत्तका प्रमुख रूपक खड्काको नेतृत्वमा टोली खटाइएको थियो । स्वयम्भू वृत्तका प्रहरी टोली समेत परिचालन गरिएको थियो ।

आगलागीबाट अन्न, काठका फर्निचर, लत्ताकपडा, घरायसी सामान भाँडाकुडा, फलाम जलेको छ । विद्युत् चुहिएर आगो लागेको अनुमान गरिएको प्रहरीले जनाएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  ०९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro