site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परोपकार प्रसूति अस्पतालको अध्यक्षमा डा. पाण्डे नियुक्त

काठमाडौं । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल विकास समितिको अध्यक्षमा धनुषाकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सरोजा कार्की पाण्डे नियुक्त भएकी छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालमै १५ वर्ष वरिष्ठ कन्सल्ट्यान्टका रूपमा सेवा गरेकी पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

डा. पाण्डेले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट एमडी गरेकी छन् । उनी भरतपुर अस्पतालकी रजिस्ट्रार रहिसकेकी छन् । उनले प्रसूति तथा स्त्री रोगसम्बन्धी नीति निर्माण र प्रशिक्षकको भूमिका समेत निर्वाह गरिसकेकी छन् ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा नेपालमा प्रजनन तथा महिला स्वास्थ्यका विविध आयामबारे उनका अनुसन्धानात्मक लेख प्रकाशन भइसकेको छ ।

मन्त्री पौडेलले अघि सारेको मातृशिशु स्वास्थ्य सेवा सुधारको योजनामा डा. पाण्डेको नियुक्तिसँगै थप योगदान पुग्ने विश्वास गरिएको उनको निजी सचिवालयले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro