site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्टार्टअप उद्यम कर्जाको प्रस्तुतीकरण जारी, चैतभित्रै सिफारिस हुने

काठमाडौं । सरकारले सहुलियतपूर्ण ऋण लिन प्रारम्भिक छनोटमा परेका कम्पनीको व्यावसायिक योजनाको प्रस्तुतीकरण लिइरहेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले प्रस्तुतीकरण लिइरहेको छ ।

चैत ११ गतेसम्म प्रस्तुतीकरण लिइने औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ ।

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ अनुसार सहुलियतपूर्ण ऋण उपलब्ध गराउन एक हजार ३१४ कम्पनी प्रारम्भिक छनोट सूचीमा परेका थिए । तिनै कम्पनीले हाल प्रतिष्ठानमा प्रस्तुतीकरण दिइरहेका छन् । प्रतिष्ठानका सूचना अधिकारी मणिराम गौतमले चैत ११ गतेसम्म प्रस्तुतीकरण चल्ने जानकारी दिए ।

“कुनै विशेष कामले प्रस्तुति दिन नसकेकाहरूका लागि एक–दुई दिन थप समय दिइन्छ, त्यसपछि कर्जा प्राप्त गर्न सक्षम कम्पनीको नाम र कति कर्जा पाउँछन् भनेर बैंकलाई सिफारिस गर्छाैं,” उनले भने ।

प्रस्तुतीकरणपछि ऋण उपलब्ध गराउने राष्ट्रिय वाणिज्य बैंकले ती कम्पनीको आर्थिक अवस्था, सम्पत्ति, व्यवसायिक रणनीति र भुक्तानीफिर्ता गर्न सक्ने/नसक्ने अवस्थाको विश्लेषण गर्छ । बैंकले त्यस आधारमा रेटिङ गरेपछि अन्त्यमा प्रतिष्ठानले सिफारिस गर्नेछ ।

चैतभित्र सबै प्रक्रिया सकिएर ऋण प्राप्त गर्न सक्षम कम्पनीको सूची तयार भएर सिफारिस भइसक्ने प्रतिष्ठानका सूचना अधिकारी गौतमले बताए ।

सरकारले तीन प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म ऋण दिनेछ । यस ऋणका निम्ति अनलाइन र भौतिकरूपमा गरी पाँच हजार १५८ कम्पनीले प्रस्ताव आवेदन पेस गरेका थिए । तीमध्ये एक हजार ३१४ कम्पनी प्रारम्भिक छनोटमा परेका हुन् ।

प्रतिष्ठानले गएको पुस २८ गतेदेखि प्रस्तुतीकरण लिन थालेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro