site stats
बाह्रखरी :: Baahrakhari
कला
सेन्सरमा झमेला व्यहोरेको ‘राजागंज’ आजबाट हलमा 

काठमाडौं । सेन्सरमा झमेला व्यहोरेको चलचित्र ‘राजागंज’ आजबाट प्रदर्शनमा आएको छ । 

केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)ले केही शब्द र सामग्रीमा आपत्ति जनाउँदै सच्याएर आउन निर्माणपक्षलाई सुझाएपछि सेन्सरमा यो चलचित्रले झमेला व्यहोर्नु परेको थियो ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दीपक रौनियारको निर्देशन रहेको चलचित्र ‘राजागंज’ले २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेस आन्दोलनलाई केन्द्रमा राखेर कथा भन्नेछ । 

मधेस आन्दोलन चर्किरहँदा अपहरणमा परेका सभासद र प्रधानध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले चालेको खोजी अपरेसनको कथा यो सिनेमाले देखाउँछ ।  

चलचित्रमा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठलगायतको अभिनय छ ।

चलचित्रको निर्माणमा आदि फिल्मसका तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मसका तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  ०७:५३
प्रतिक्रिया दिनुहोस्