site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मध्याह्नसम्म काठमाडौंमा १५० सवारीसाधन 'होल्ड', दिनभर सडकमै रोकिने
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले १५० सवारीसाधनलाई 'होल्ड'मा राखेको छ । बिहीबार मध्याह्नसम्म ट्राफिक नियम उल्लंघन गर्ने ५६३ सवारी साधनमध्ये १५० लाई होल्डमा राखिएको हो ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले नियमविपरीत सवारीसाधन चलाउनेलाई उल्लंघनको प्रकृति हेरेर छाड्ने र होल्डमा राख्ने गरिएको जानकारी दिए ।

“कागजात नभएका, मापसे गरेका, ओभरलोड गरी सवारी चलाउनेहरूलाई कारबाही गरिरहेका छौँ । कागजात नभएका १२९ वटा मोटरसाइकल तथा स्कुटरलाई होल्ड गरेका छौँ । त्यसबाहेक २१ अन्य सवारी छन्,” राउतले भने, “अहिलेसम्म कुल ५६२ सवारीसाधन कारबाहीमा परेका छन ।” 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार, 'होल्ड' गरिएकाहरूलाई होली मनाउन नपाउने गरी दिनभर सडकमा रोकिनेछ । 

“नियम उल्लंघन गर्ने जो कोहीलाई ट्राफिक जाँचस्थलमा कानुनी कारबाही त गरिन्छ नै, त्यसका अलावा सोही स्थानमा दिनभर  गाडी रोकेर राखिन्छ ।”

ट्राफिक कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरमा होलीलक्षित सुरक्षा योजनाअन्तर्गत दुईहजार ७०६ जना प्रहरी परिचालन गरेको छ ।

प्रहरीका अनुसार, होली पर्वका अवसर वसन्तपुर दरबार स्क्वायर, दरबारमार्ग, ठमेलसहित उपत्यकाका १९ ठाउँमा होली विशेष कार्यक्रम भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  १२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro