site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराट गोल्डकपको उपाधि थ्रीस्टारलाई 

विराटनगर । विराट गोल्डकपको उपाधि थ्रीस्टार क्बलले जितेको छ । बुधबार राति विराटनगरको सहिद रंगशालामा भएको फाइनल खेलमा चर्च ब्वाइज क्लबलाई २–० गोलअन्तरले पराजित गरी थ्रीस्टारले उपाधि उचालेको हो ।

थ्रीस्टारले यसअघि विराट गोल्डकपको ५ औं संस्करण पनि जितेको थियो । 

थ्रीस्टारलाई नवौँ संस्करणको उपाधि दिलाउन खेमराज श्रेष्ठ र दिपेश घलेले समान १–१ गोल गरे ।

थ्रीस्टारले खेल सुरु भएको पाँचौं मिनेटमा अग्रता लियो । नवीन लामाले निकालेको क्रस पासलाई खेमराजले चलाखीपूर्ण ढंगले खोलमा परिणत गरे । थ्रीस्टारले दोस्रो गोल ६३ औँ मिनेटमा गर्यो ।

दिपेश घलेले वान भर्सेस वानमा डिबक्सभित्रबाट गरेको प्रहार चर्च ब्वाइजका गोल रक्षक टिकेन्द्र थापालाई लागेर फर्किएको थियो । फर्किएको बललाई पुनः दिपेशले प्रहार गर्दै जाली चुमाए । उनले गरेको गोल टिमलाई उपाधि दिलाउन सफल भए ।

उपाधिसँगै थ्रीस्टारले नगद ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता चर्च ब्वाइजले नगद ५ लाख रुपैयाँ प्राप्त गर्यो । फागुन १९ गतेबाट सुरु भएको गोल्डकपमा दुई विदेशीसहित ‘ए’ डिभिजनका १० टिम सहभागी थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  ०७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro