site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली रजतपटमा डेब्यु गर्दै तेरिया, दयाहाङसँग स्क्रिन सेयर गर्दै 

काठमाडौं । तेरिया फौजा मगरलाई दर्शकले नेपाली चलचित्रमा देख्न पाउने भएका छन् । चलचित्र ‘घरज्वाइँ’ निर्माण समूहले बनाउने नयाँ चलचित्र ‘मितज्यू’मा तेरिया मगरले अभिनय गर्ने भएकी छन् । 

अभिनेता दयाहाङ राईसँग उनले स्क्रिन सेयर गरेकी छन् । अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने चलचित्रको मुख्य भूमिकामा दयाहाङ र तेरिया अनुबन्धित भएका छन् । 

भारतीय रियालिटी शो ‘डान्स इन्डिया डान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता मगरले नेपाली रजतपतमा डेब्यु गर्न लागेकी हुन् । उनले भारतीय वेब सिरिज ‘उनकी यारी’ र ‘क्याम्पस बिट्स’ वेब सिरिजमा अभिनय गरेकी छन् । 

जनक घर्ती मगर यो चलचित्रको निर्माताको रूपमा रहनेछ । यही समूहले निर्माण गरेको चलचित्र ‘घरज्वाइँ’मा दयाहाङको अभिनय रहेको थियो । 

‘मितज्यू’ले आदिवासी जनजाति समुदायमा प्रचलित मित परम्पराको कथा भन्नेछ । चलचित्रको कथा महेश राईले लेखेका छन् । आगामी वर्ष २०८२ को चैत २७ गते यो चलचित्र प्रदर्शन हुने निर्माणपक्षले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro