site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किन बिराजले ‘१२ गाउँ–२’ राेकेर ‘राम नाम सत्य’ साइन गरे ?

काठमाडौं । अभिनेता बिराज भट्ट नयाँ चलचित्रमा अनुबन्ध भएका छन् । ‘राम नाम सत्य’को मुख्य भूमिकामा बिराज अनुबन्धित भएका हुन् । 

बिराजले आफूले निर्माण तथा निर्देशन गर्न लागेको सिनेमा ‘१२ गाउँ–२’को काम तत्कालका लागि पछि सार्दै माइकल चन्दको डेव्यु निर्देशनमा निर्माण हुने चलचित्रमा साइन गरेका हुन् ।

‘१२ गाउँ’पछि थुप्रै अफर आइरहेको र होम प्रोडक्सनबाट सिनेमा निर्माणको घोषणा गरिसके पनि विराजले नयाँ चलचित्र     साइन गरेका हुन् । कथावस्तु र पटकथा मन परेकाले विराज यो सिनेमामा काम गर्न तयार भएको बताइएको छ । 

‘राम नाम सत्य’मा कथा पनि निर्देशक स्वयंले लेखेका छन् । चलचित्रको छायांकन आउँदो वर्षको सुरुबाट हुने माइकलले बताएका छन् । 

चलचित्रमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहनेछ । उत्तम गुरुङ, उपेन्द्र शाही र श्वेता विमलीको लगानी रहनेछ । नरेन्द्र शाह र सन्तोष अर्याल सिनेमाका कार्यकारी निर्माता हुन् ।

सिनेमा एक्सन–लभस्टोरी–कमेडी जानरामा निर्माण गरिनेछ । अभिनेता भट्टले चलचित्रमा काम गर्न आफू उत्साहित रहेको बताएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro